काठमाडौँ — कोभिड–१९ विरुद्ध लड्नका लागि जापानले नेपाललाई थप एक सय १४ थान अक्सिजन जेनरेटर सहयोग गरेको छ । नेपालस्थित जापानी राजदूतावासका उपनियोग प्रमुख योसिओका युजोकाले अस्पतालहरूमा ती जेनरेटले सहयोग गर्ने र नेपालमा मानवको जीवन बचाउन काम गर्ने बताए ।
उनले अक्सिजन जेनरेटर दिन पाउँदा खुसी लागेको बताए । जापानले यसअघि नेपाललाई ६ ओटा एम्बुलेन्स र २७२ ओटा अक्सिजन जेनरेटर राजदूतावासले विज्ञप्तीमार्फत जनाएको छ ।
