थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

कार्तिक १०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार चीनबाट थप १० लाख २० हजार डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। सरकारले कोभ्याक्ससँगको 'कस्ट सेयरिङ' योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज भेरोसेल मध्येबाट पहिलो लटमा १० लाख २० हजार डोज खोप बिहान नेपाल आइपुगेको हो।

प्राप्त खोप टेकुस्थित भण्डारणमा राखिने बताइएको छ।

यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ ।

हालसम्म नेपालले कुल १ करोड ५३ लाख ४२ हजार एक सय ९८ डोज खोप लगाइसकेको छ । यस्तै हालसम्म नेपालले कुल १ करोड ८९ लाख ५९ हजार तीन सय ३० डोज खोप प्राप्त गरेको छ । 

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully