कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एकलाख डोज फाइजर खोप सोमबार नेपाल आइपुग्‍ने

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको एकलाख डोज फाइजर खोप सोमबार आइपुग्ने भएको छ । १ लाख ६२० डोज फाइजर खोप सोमबारसम्म नेपाल आइपुग्ने अमेरिकी दूतावासले आइतबार जानकारी दिएको हो ।

एकलाख डोज फाइजर खोप सोमबार नेपाल आइपुग्‍ने

यसअघि अमेरिकाले जुलाई १२ मा १५ लाख ३४ हजार ८५० डोज जोन्सेन एन्ड जोन्सेन खोप नेपाललाई उपलब्ध गराएको थियो ।

यो एमआरएनए कोभिड-१९ खोप हो । अमेरिकाको फाइजर र जर्मनीको बायोनटेक कम्पनीले यो खोप संयुक्त रुपमा निर्माण गरेका हुन् । फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सेन एन्ड जोन्सेन खोप प्रयोग भइसकेको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले फाइजर खोप १२ देखि १५ वर्ष उमेर समूहमा प्रभावकारी हुने जनाएको छ । अन्य अनुसन्धानहरूले पनि यो खोप ९५ प्रतिशत प्रभावकारी हुने देखाएका छन् ।

यो खोपलाई भण्डारण गर्नका लागि माइनस ७० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । तर, नेपालमा अहिले भएका खोप भण्डारण गर्ने फ्रिजहरूमा यो क्षमता छैन । फाइजरकै लागि भनेर युनिसेफले नेपाल सरकारलाई एक लाख डोज अट्ने ४ वटा अल्ट्रा कोल्ड फ्रिजर यसअघि उपलब्ध गराएको छ ।

स्वास्थ्य मन्त्रालयले ६० लाख डोज फाइजर खोप खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरिरहेको छ ।

प्रकाशित : कार्तिक ७, २०७८ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?