कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

२४ घण्टामा ५६९ कोरोना संक्रमित थपिए, ६२२ जना निको

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित मिडिया ब्रिफिङमा ९ हजार ७७१ पीसीआर नमुना परीक्षण गर्दा ५६९ मा कोभिड-१९ पोजिटिभ देखिएको हो ।

२४ घण्टामा ५६९ कोरोना संक्रमित थपिए, ६२२ जना निको

यस्तै, २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख १० हजार २९८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ६२२ जना निको भएका छन् । नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ८८ हजार ६३० पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३७२ छ ।

मन्त्रालयको तथ्यांक अनुसार देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ छ । यस्तै, २१७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?