कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थपिए ६७३ कोरोना संक्रमित, ५०१ संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार २८४ पीसीआर परीक्षण गर्दा ६७३ संक्रमित थपिएका छन् । यस्तै ५०१ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ ।

थपिए ६७३ कोरोना संक्रमित, ५०१ संक्रमणमुक्त

यो सँगै पीसीआर परीक्षणबाट कोरोना पुष्टि हुनेको संख्या ८ लाख ९ हजार ७२९ पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ३ सय ६० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै एन्टिजेन विधिबाट गरिएको २ हजार ५८० परीक्षणमा १०३ संक्रमित थपिएका छन् ।

पीसीआर र एन्टिजेन विधिबाट गरिएको १० हजार ८६४ परीक्षणमा ७७६ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा मृत्यु हुनेको संख्या १३ रहेको छ भने यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३६१ पुगेको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या २१९ रहेको छ । हालसम्म पीसीआर परीक्षण ४३ लाख ७६ हजार ७९६ पुगेकोछ ।

प्रकाशित : कार्तिक ८, २०७८ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?