थप ११०३ मा कोरोना संक्रमण, १ हजार ५५० निको, ९ जनाको मृत्यु- समाचार - कान्तिपुर समाचार

थप ११०३ मा कोरोना संक्रमण, १ हजार ५५० निको, ९ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा ११०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार देशभर गरी ११०३ जना संक्रमित थपिएका हुन् । हालसम्म संक्रमितको संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ । 

यस्तै २४ घण्टामा १ हजार ५५० निको भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ७ लाख ५८ हजार ५०४ रहेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ९ जनाको मृत्यु छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षण ४१ लाख ४६ हजार ७८३ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या २० हजार २८७ र २४४ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित : आश्विन ८, २०७८ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्

जाजरकोटमा भरुवा बन्दुकसहित एक पक्राउ

कान्तिपुर संवाददाता

जाजरकोट — जाजरकोटका एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । भेरी नगरपालिका ६ भेरे निवासी ५५ वर्षीय रगवीर घर्तीलाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

एकनाले भरुवा बन्दुक बोकेर जंगलमा सिकार खेल्न हिँडेका घर्तीलाई सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । घर्तीलाई अदालतबाट म्याद थपेर अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

उनलाई अवैध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाईने थापाले बताए । यसअघि पनि प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ५ थान अवैध भरुवा बन्दुक बरामद गरेको थियो ।

प्रकाशित : आश्विन ८, २०७८ १६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×