कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईसीयू र भेन्टिलेटरमा घट्न थाले बिरामी  

काठमाडौँ — कोरोना संक्रमण ओरालो लागेसँगै उपत्यकाका अस्पतालमा आईसीयू तथा भेन्टिलेटरमा बिरामीको चाप घट्न थालेको छ । 

आईसीयू र भेन्टिलेटरमा घट्न थाले बिरामी  

यसअघि बिरामीको चाप बढेर अस्पताल परिसरमै उपचार गर्नुपर्ने अवस्था आएको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा अहिले आईसीयू र भेन्टिलेटरका बेड खाली भएका छन् ।

अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार करिब ४ हप्तायता कोभिडका बिरामीको संख्यामा आएको छ । उनले अहिले २९ जना बिरामी उपचाररत रहेकोमा १३ जना आईसीयूमा र ८ जनालाई भेन्टिलेटरको सपोर्टमा उपचाररत रहेको जानकारी दिए । ‘घट्दै गएको छ । खुसी कुरा हो । भिडभाड हुन नदिने र मास्क अनिवार्य गरे संक्रमण नियन्त्रण हुन्छ,’ उनले भने ।

त्रिवि शिक्षण अस्पतालका आईसीयू पनि खाली भएका छन् । अस्पतालका कोभिड फोकल पर्सन रामविक्रम अधिकारी भन्छन्–‘१२ बेड हामीले कोभिड आईसीयू बनाएका थियौं त्यो खाली भएपछि हामीले जनरल बिरामी राख्न थालेका छौं । त्यसैगरी भेन्टिलेटरमा ३ जना मात्र बिरामी उपचाररत छन् । अस्पतालमा कोभिडका ४५ जना बिरामी उपचाररत रहेको उनले जानकारी दिए ।

पाटन अस्पतालको एचडीयूमा ३३ जना र आईसीयूमा १० जनाले उपचार गराइरहेका छन् । यो अस्पतालमा ७३ शय्या एचडीयू र आईसीयू २८ शय्या छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांक हेर्ने हो भने देशभर १०७ जना भेन्टिलेटरमा तथा ३३५ जना आईसीयूमा उपचार गराइरहेका छन् । देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको छ ।

प्रकाशित : आश्विन ६, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?