कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थपिए १ हजार ६१९ कोरोना संक्रमित, १ हजार ८४६ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा बिहीबार थप १ हजार ६१९ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६५ हजार ९१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिए १ हजार ६१९ कोरोना संक्रमित, १ हजार ८४६ संक्रमणमुक्त

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ९९२ परीक्षणबाट ३८५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ६५० परीक्षणमा २ हजार ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८४६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ७८६ पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ ।

प्रकाशित : भाद्र १७, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?