१८ वर्षमाथिका व्यक्तिमा कोरोना खोप परीक्षण गर्न सरकारले दियो अनुमति 

भाद्र १६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नेपालमा १८ वर्षमाथिका व्यक्तिमा कोरोना खोप ट्रायल गर्न अनुमति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले खोप परीक्षण (क्लिनिकल ट्रायल) का लागि अनुमति प्रदान गर्ने निर्णय गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

परिषद्की अनुसन्धान अधिकृत नमिता घिमिरेले अमेरिकी कम्पनी सानोफी पास्टरको प्रायोजनमा इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट कोरियासँग मिलेर खोपको परीक्षण गर्ने जानकारी गराइन् । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज  र धुलिखेल अस्पतालमा परीक्षण गरिने भएको हो । ४ हजार जनामा उक्त खोपको परीक्षण गरिने परिषद्ले जनाएको छ ।

यसअघि सरकारले भदौ १० गते चीनमा उत्पादन गरिएको एमआरएनए खोपलाई नेपालमा परीक्षण गर्न अनुमति दिएको थियो । 

सम्बन्धित समाचार

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully