३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कांग्रेसका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित

काठमाडौँ — कांग्रेसका थप पाँच जिल्लाका क्रियाशील सदस्यहरुको नामावली प्रकाशित भएको छ । केन्द्रीय निर्वाचन समितिले शनिबार थप पाँच जिल्लाका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरेको हो । 

कांग्रेसका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित

योसँगै ५३ जिल्लाका सदस्यहरुको नामावली सार्वजनिक भएको छ । समितिका संयोजक महादेवप्रसाद यादवले निर्वाचन निर्देशिका ०७८ को दफा ९ (ख) बमोजिम सदस्यहरुको नामावली प्रकाशित गरिएको जानकारी दिए । उनले ती जिल्लामा समेत निर्वाचन अधिकृतहरु खटाइएको बताए । शनिबार नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीको सदस्यता सार्वजनिक भएको हो ।

समितिले यसअघि ४८ जिल्लाका सदस्यहरुको नामावली प्रकाशित गरेको थियो । जसमध्ये शुक्रबार धनकुटा, भोजपुर, गुल्मी, प्यूठान, दाङ, सल्यान, कालिकोट, जाजरकोट, दैलेख र अछामको नामावली प्रकाशित भएको थियो भने बिहीबार ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर, लमजुङ, तनहु, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, नवलपुरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, रुकुमपूर्व, रोल्पा, रुकुम पश्चिम, मुगु, जाजरकोट, दैलेख, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीको नामावली प्रकाशित भएको थियो । नामावली प्रकाशित भएका जिल्लाका सदस्यहरुको नामावली कांग्रेसको वेबसाइटमार्फत हेर्न सकिन्छ ।

अन्य जिल्लाहरुको प्राविधिक काम बाँकी भएकाले क्रमशः सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । सैद्धान्तिक रुपमा क्रियाशील सदस्यता विवादमा सहमति जुटेपनि प्राविधिक काम बाँकी रहेको हो ।

प्रकाशित : भाद्र १२, २०७८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?