कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाधिवेशनबारे कांग्रेस नेताहरु छलफलमा

काठमाडौँ — १४ औं महाधिवेशनको संघारमा रहेको कांग्रेसका नेताहरु छलफलमा जुटेका छन् । जिल्ला सभापतिहरुको अनसन र धर्ना तथा ६ दिनपछिको वडा अधिवेशनको सन्दर्भमा नेताहरुबीच छलफल भइरहेको छ ।

महाधिवेशनबारे कांग्रेस नेताहरु छलफलमा

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको समय अनुकुल हुने गरी वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरु साँझको समय लिएर बालुवाटार पुगेका छन् ।

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री प्रकाशशरण महत पूर्वसहमहामन्त्री रामशरण महत, केन्द्रीय सदस्यहरु मिनेन्द्र रिजाल र रमेश लेखक लगायत सहभागी छन् ।

बिहान बसेको पौडेल समूहले बैठकले सतहमा देखिएका समस्याहरुको समाधान गरेर मात्रै वडा अधिवेशन गर्ने वातावरण बनाउन माग गर्ने निर्णय गरेको थियो । त्यही माग लिएर पौडेलसहितका नेताहरु बालुवाटार पुगेका हुन् ।

प्रकाशित : भाद्र ११, २०७८ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?