१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेस जिल्ला सभापतिहरूले गरे रिले अनशन घोषणा

क्रियाशील सदस्यता सूची सार्वजनिक र निर्वाचन निर्देशिका संशोधन गर्न माग

काठमाडौँ — क्रियाशील सदस्यताको सूची सार्वजनिक र निर्वाचन निर्देशिका संशोधनको माग गर्दै कांग्रेसका जिल्ला सभापतिहरूले रिले अनशन घोषणा गरेका छन् । उनीहरू पार्टी मुख्यालय सानेपामा बुधबार ११ बजेबाट २४ घण्टे रिले अनशन बस्ने भएका हुन् ।

कांग्रेस जिल्ला सभापतिहरूले गरे रिले अनशन घोषणा

पहिलो दिनको अनशनमा सभापतिहरू नुवाकोटका जगदीश्वरनरसिंह केसी, काभ्रेका मधु आचार्य र धादिङका रमेश धमला बस्दै छन् । उनीहरूले तीनबुँदे माग राखेका छन् ।

प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्नुपर्ने भन्दै जिल्ला सभापतिहरूले अविलम्ब सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने बताएका छन् । क्रियाशील सदस्यताको तहगत निर्णय गरिएको सूचीका त्रुटिमाथि पार्टीको विधान र मापदण्डबमोजिम छानबिन गरेर मात्र अन्तिम रूप दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

निर्वाचन प्रक्रियामा सबै जिल्लाका सभापतिको एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गरिनुपर्ने माग पनि जिल्ला सभापतिहरूले गरेका छन् ।

कांग्रेसमा क्रियाशील सदस्यता छानबिन गर्न गठित कार्यदलले दुई दिनअघि मात्र प्रतिवेदन बुझाएको छ । सदस्यता छानबिनमा अपनाइएको मापदण्डबारे जानकारी लिन जिल्ला सभापतिहरू बुधबार बिहान कार्यदल सदस्य मीनेन्द्र रिजालको निवास पुगेका छन् । सदस्यता विवाद टुंग्याउन रिजाल, कृष्णप्रसाद सिटौला र रमेश लेखक सम्मिलित कार्यदल बनाइएको थियो ।

प्रकाशित : भाद्र ९, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?