३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ओलीसँग छलफल गर्न एमालेको 'तेस्रो धार' बालकोटमा

काठमाडौँ — पार्टी एकताका लागि भन्दै एमालेको 'तेस्रो धार'का नेताहरु सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलका लागि पुगेका छन् । नयाँ राजनीतिक दल गठनका लागि औपचारिक प्रक्रिया सुरु गरेपछि माधवकुमार नेपालबाट अलग्गिएर छुट्टै समूह गठन गरेका नेताहरू र अध्यक्ष ओलीबीच बालकोटमा छलफल सुरु भएको हो ।

ओलीसँग छलफल गर्न एमालेको 'तेस्रो धार' बालकोटमा

उपाध्यक्ष भीम रावल, उप महासचिव घनश्याभ भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त छलफलका लागि ओली निवास पुगेका हुन् । छलफलमा सहभागी नेताहरु पार्टी विवादमा समाधानका लागि गठन गरिएको कार्यदलका सदस्य रहेका छन् । उनीहरुले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग छ ।

अध्यक्ष ओली पक्षले १० बुँदे केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको र नेपालसहितका सांसदहरुमाथि कारबाही फिर्ता नहुने बताउँदै आएका छन् । नेपाल पक्षले पनि नयाँ दल दर्ताको प्रक्रिया नरोकिने जनाएको छ । नेपालले नेकपा एकीकृत समाजवादी गठन गर्ने प्रक्रिया अघि बढाएका छन् ।

छुट्टै समूह बनाएर सक्रिय रहेका उनीहरुले नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन र नयाँ दल गठन प्रक्रिया रोक्नका लागि सर्त अघि सारेका छन् ।

यो समूहमा केन्द्रीय सदस्य र सांसद् गरेर ५७ जना छन् ।

पूर्व प्रधानमन्त्री नेपालले बिहीबार नयाँ राजनीतिक दल गठनका लागि प्रक्रिया सुरु गर्नका लागि बिहीबार निर्वाचन आयोगमा निवदेन दिएका छन् । अध्यक्ष ओलीले पनि नेपालसहितका १४ जना सांसदमाथि पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको जानकारी संसद् सचिवालयलाई गराएका छन् । कारबाही प्रक्रिया चाँडो सक्नका लागि उनीहरुले दबाब दिँदै आएका छन् ।

प्रकाशित : भाद्र ७, २०७८ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?