वाग्मतीमा दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार

खनाल र पाण्डे मन्त्रीमा नियुक्त

भाद्र २, २०७८

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् । बुधबार राति मुख्यमन्त्री नियुक्त भए लगत्तै शाक्यले सानो आकारको मन्त्रिपरिषद् गठन गरेकी हुन् ।

समाजिक विकास मन्त्रीमा कृष्ण शर्मा खनाल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डे नियुक्त भएका हुन् । पाण्डेलाई भौतिक पूर्वाधार तथा विकासमन्त्रीको पनि जिम्मेवारी दिइएको छ । पाण्डे यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलको सरकारमा पनि आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । 

आर्थिक मामिला तथा योजना मन्त्रालय,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाक्य आफैंले राखेकी छन् । 

एमाले

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully