कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीमा दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार

खनाल र पाण्डे मन्त्रीमा नियुक्त
सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् । बुधबार राति मुख्यमन्त्री नियुक्त भए लगत्तै शाक्यले सानो आकारको मन्त्रिपरिषद् गठन गरेकी हुन् ।

वाग्मतीमा दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार

समाजिक विकास मन्त्रीमा कृष्ण शर्मा खनाल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डे नियुक्त भएका हुन् । पाण्डेलाई भौतिक पूर्वाधार तथा विकासमन्त्रीको पनि जिम्मेवारी दिइएको छ । पाण्डे यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलको सरकारमा पनि आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालय,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाक्य आफैंले राखेकी छन् ।

प्रकाशित : भाद्र २, २०७८ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?