म असाधारण जनमतका साथ मूल बाटोबाट फेरि आउँछु : ओली 

श्रावण २६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफू मूल ढोकाबाट फेरि सरकारमा आउने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै ओलीले आफू असाधारण जनमतका साथ मूल बाटोबाट आउने बताएका हुन् । 

'म मूल ढोका, मूल गेटबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ असाधारण जनमतका साथ मूल बाटो बाट आउँछु,' ओलीले भने ।

उनले आफूलाई राम्रो ग्रहदशाले नभएर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको बताए ।

'मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्धत्री बनाएका हुन्,' उनले भने ।

यो पनि पढ्नुहोस्ः

आयोग खारेज गरेर सरकारले सुकुम्बासीको घाँटी सेर्ने काम गरेको छ : ओली

एमाले

कान्तिपुर

Link copied successfully