विगतको गल्ती दोहोर्‍याउनु समकालीन नेतृत्वको असफलता : भट्टराई

काठमाडौँ — राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश ल्याउने सरकारको निर्णयप्रति नेकपा एमालेका सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् ।
उक्त अध्यादेश जारी भएमा मुलुक अस्थिरतातिर धकेलिने उनले बताएका छन् ।

विगतको गल्ती दोहोर्‍याउनु समकालीन नेतृत्वको असफलता : भट्टराई

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– 'यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै हुनेछ । विगतको राजनीतिक अभ्यासका दुष्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्‍याउनु समकालीन नेतृत्वको घोर असफलता हो ।'

प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश बिनासर्त फिर्ता लिनुपर्ने उनको भनाइ छ । नेता केपी ओली र माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्ने उनले बताएका छन् ।

प्रकाशित : भाद्र १, २०७८ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?