कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेले २६० केन्द्रीय सदस्यको विवरण अध्यावधिक गर्न आयोगमा दियो निवेदन

काठमाडौँ — नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीको सदस्यहरुको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार २ सय ६० जनाको विवरण अध्यावधिक गर्नका निवेदन दिएको हो । 

एमालेले २६० केन्द्रीय सदस्यको विवरण अध्यावधिक गर्न आयोगमा दियो निवेदन

जसमा नेकपा माओवादी केन्द्रबाट आएका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टसहितका नेताहरु नामसमेत रहेको छ ।

'हामीले कहिले कारबाही गरेको छैन । माधवकुमार नेपालसहितका नेताहरुलाई अपडेट गर्दा हटाउनु भन्ने लागेको छ भने निर्वाचन आयोगमा गएर हेर्दा हुन्छ,' कार्यालयका सचिव शेरबहादुर तामाङले भने, 'नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पछि थपेका केन्द्रीय सदस्यहरुसहितको विवरण हामीले अध्यावधिक गर्न पठाएका छौं ।'

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यहरुको विवरण अध्यावधिक गर्नका लागि निवेदन आएको बताए ।

एमालेले अध्यादेश आउने बित्तिकै केन्द्रीय सदस्यहरुको विवरण अध्यावधिक गर्नका लागि निवदेन दिएको हो । एमालेले राजनीतिक दल ऐन २०७३ को दफा ५१ को ३ अनुसार पदाधिकारी तथा सदस्यहरुको हेरफेर सम्बन्धी जानकारी गराउनु पर्ने व्यवस्था रहेकाले निवेदन दिएको जनाएको छ ।

प्रकाशित : भाद्र १, २०७८ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?