कीर्तिपुरको आयुर्वेद अनुसन्धान केन्द्रबाट पनि खोपको विद्युतीय प्रमाणपत्र लिन सकिने

श्रावण २०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — अबदेखि कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट खोपको विद्युतीय प्रमाणपत्र लिन सकिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विदेश जाने नागरिकहरुलाई खोप लगाएको प्रमाणपत्र ( क्यूआर कोड) सहितको उपलब्ध गराउने जनाएको हो ।

यो सुविधा काठमाडौं उपत्यकालगायत क्रमशः अन्य जिल्लाहरूमा पनि विस्तार गर्दै जाने मन्त्रालयले जनाएको छ । यस्तै खोपको मात्रा पूरा गरेका सबै व्यक्तिहरूलाई क्यूआर कोडसहितको विद्युतीय प्रमाण पत्र उपलब्ध गराउँदै जाने  मन्त्रालयले जनाएको छ । 

यो सुविधा हाल टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, बानेश्वरस्थित सिभिल अस्पताल, पाटन अस्पताल र नेपाल एपीएफ अस्पतालमा उपलब्ध छ ।

कोरोना खोप

कान्तिपुर

Link copied successfully