नेपालमै कोरोना खोपको व्यावसायिक उत्पादनबारे अध्ययन भइरहेको छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

श्रावण १८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमै कोरोना भाइरसविरुद्धको खोप उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढेको बताएका छन् ।

सोमबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले नेपालमै कोरोना खोपको व्यावसायिक उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढाइएको जानकारी दिएका हुन् ।

उनले खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकृतिको चरणमा रहेको पनि जनाए ।  

त्यस्तै मन्त्री श्रेष्ठले फाइजर–बायोएनटेकको ६० लाख डोज खोप खरिदको प्रारम्भिक काम सम्पन्न भई उत्पादक कम्पनीसँग  प्रक्रिया थालनी गरिएको बताए ।

विदेश जाने प्रयोजनका लागि खोप लगाएको प्रमाणपत्र सम्पूर्ण सरकारी अस्पतालबाट सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाइएको पनि उनले जानकारी दिए । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पदमा रहँदा कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन् । 

कोरोना भाइरसकोरोना खोप

कान्तिपुर

Link copied successfully