२४ घण्टामा २ हजार ३३५ मा कोरोना पुष्टि, १ हजार ३७३ जना संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ३३५ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा २ हजार ३३५ मा कोरोना पुष्टि, १ हजार ३७३ जना संक्रमणमुक्त

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ६८७ परीक्षणबाट १ हजार ३० जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार २४२ परीक्षणमा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८०७ पुगेको छ ।

प्रकाशित : श्रावण १४, २०७८ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?