कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

विगतका गल्तीको समीक्षा गरेर कार्यदलको सुझाव अनुसार पार्टीलाई अगाडि बढा‍औं : भीम रावल

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले उपाध्यक्ष भीम रावलले विगतका गल्ती र कमीजोरीको समीक्षा गरेर कार्यदलले दिएको सुझाव अनुसार पार्टी गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् ।

विगतका गल्तीको समीक्षा गरेर कार्यदलको सुझाव अनुसार पार्टीलाई अगाडि बढा‍औं : भीम रावल

एमाले एकता अभियान सञ्चालन गरिरहेका एमालेका २७ जना सांसदहरुसँग छलफल गर्दै एमाले एकता कार्यदलका माधव नेपाल पक्षका संयोजकसमेत रहेका रावलले कार्यदलले दिएको १० बुँदै सहमति अनुसार अघि बढ्नुपर्ने बताएका हुन् ।

'हिजो हामी दुईवटा पक्षका रुपमा थियौं । अहिले हामी एकताको नजिक छौं । सहमतिमा अगाडि बढ्न सक्छौं,' उनले भने,'देशभरमा विभिन्न कमिटीमा संगठित र क्षमतावान् कार्यकर्ताहरुले हामीलाई हेरेका छन् । त्यसकारण अब विवादको क्षेत्र तथा कारणहरु बाँकी छैनन् । विगतका गल्ती कमजोरीलाई समीक्षा गर्ने बेला भएको छ । हिजोका दिन मन पनि फाटेका थिए । समयसँगै अब अन्तरविरोधहरु कम गर्दै जाँदा हट्दै जान्छन् । कार्यदलले सहमति गरिसकेको छ । अब अगाडि बढ्नुपर्छ । '

संसद् सचिवालयमा भएको उक्त छलफलमा नेपाल समूहका सांसद यज्ञराज सुनुवारले सञ्चालन गरेका थिए । कार्यक्रममा एमाले कार्यदलका दुवै पक्षका सांसदहरुको उपस्थिति थियो । छलफलकै क्रममा सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकबाट बाहिरिएका थिए ।

छलफलमा सांसदहरुले कार्यदलले पारित गरेको दस बुँदे प्रस्ताव कार्यान्वयन गर्न कार्यदलका सदस्यहरुलाई धन्यवाद दिएका थिए ।

प्रकाशित : श्रावण १०, २०७८ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?