बालकोटमा एमाले स्थायी कमिटीको बैठक 

श्रावण ४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरेर अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

ओलीको निजी निवास बालकोटमा स्थायी कमिटी बैठक बस्‍न लागेको एक नेताले जानकारी दिए ।

सोमबार बिहान मात्रै केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । त्यही सन्दर्भ र पार्टी एकताका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।

एमाले

कान्तिपुर

Link copied successfully