१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

रावललाई राजीनामा फिर्ता लिन ओलीको सुझाव

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिएका छन् । सोमबार पार्टीको १० औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिएका हुन् ।

रावललाई राजीनामा फिर्ता लिन ओलीको सुझाव

‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । ​सकिन्छ भने अझै राजीनामा फिर्ता लिनुस्,’ उनले भने । रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वसाको मत नहालौं भन्दा माधव नेपालले हप्काएर पठाएको ओलीको दाबी छ ।

'भिम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टीलाई एकताबद्ध बना‌औं भन्दा, माधव नेपालले म विधि पद्धति निर्णय मान्दिँन, एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए,' बैठकमा ओलीले भने ।

रावलले आइतबार देउवाले विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि राजीनामाको घोषणा गरेका थिए । उनले आइतबार संघीय संसद् भवनमा सञ्चारकर्मीहरुको अगाडी राजीनामा पत्र पढेर सुनाएका थिए ।

प्रकाशित : श्रावण ४, २०७८ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?