१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अस्पतालबाट झलनाथ खनालको आग्रह : देउवा सरकारलाई विश्वासको मत दिऔं

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधामन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन् । भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खनालले आइतबार विज्ञप्ति जारी गर्दै एमालेका सांसदलाई देउवालाई विश्वासको मत दिन आग्रह गरेका हुन् । 

अस्पतालबाट झलनाथ खनालको आग्रह : देउवा सरकारलाई विश्वासको मत दिऔं

उनले सर्वोच्चको फैसला ऐतिहासिक भएको हुँदा विश्वासको मत दिनुपर्ने पनि बताएका छन् ।

‘...देउवा सरकारलाई विश्वासको मत प्रदान गरौं, सकेसम्म पार्टीमा सर्वसम्मत बनाउन कोसिस गरौं । त्यो भएन भने पनि विधिपूर्वक अन्तरपार्टी वैचारिक बहसहरू सञ्चालन गरौं,’ खनालले लेखेका छन् ।




प्रकाशित : श्रावण ३, २०७८ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?