एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण, विश्वासको मतबारे मौन

श्रावण ६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदसँग स्पष्टिकरण माग गरेको छ । तर, स्पष्टिकरण माग गरिएको पत्रमा विश्वासको मतबारे केही उल्लेख छैन ।

पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भएको, पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेकोलगायतका बिषयमा स्पष्टिकरण माग गरिएको छ । गत सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले २२ सांसदसँग २४  घण्टाभित्र स्पष्टिकरण माग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार २२ सांसदलाई साउन ४ र ५ को मिति राखेर बुधबारमात्रै पत्र पठाइएको हो । 

तर, नेपालपक्ष बुधबार बसेको स्थायी कमिटी बैठकले स्पष्टिकरण सोध्नु भनेको पार्टी एकतामा भाँजो हाल्ने काम भएको निष्कर्ष निकालेको छ ।

एमाले

कान्तिपुर

Link copied successfully