'युथफोर्स' काठमाडौं भ्याली कमाण्ड घोषणा

श्रावण ९, २०७८

इकान्तिपुर डेस्क

काठमाडौँ — नेकपा (एमाले) को ओली पक्षीय युवा संघले 'युथफोर्स' काठमाडौं भ्याली कमाण्ड घोषणा गरेको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच एमाले महासचिव ईश्वर पोखरेलले युथ फोर्सका सेन्ट्रल कमान्डका सहकमान्डर पुष्पराज श्रेष्ठको अध्यक्षतामा ११ सय १ सदस्यीय भ्याली कमाण्ड घोषणा गरेका हुन् ।

कमिटी घोषणा कार्यक्रमअघि युवा संघले काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली निकालेको थियो । एमाले विवाद जारी रहेकोले यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि अखिल फोर्सको गठन गरेको थियो । 

पार्टीमा अन्तरविरोधका कारण ओली-नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिइरहेका छन् । 

युथ फोर्स सेन्ट्रल कमान्डका संयोजक क्षितिज थेबेले समाज परिवर्तन र सरकारलाई खबरदारी गर्नका लागि युथ फोर्स गठन गरिएको बताए । युथ फोर्सले पार्टी एकता अभियानको पहल र  स्वागत गर्ने उनको भनाइ थियो ।

एमाले

इकान्तिपुर

Link copied successfully