कोरोना अपडेट

२४ घण्टामा १ हजार ९८२ मा कोरोना पुष्टि, १ हजार ६७८ जना संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६९८ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ९८२ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा १ हजार ९८२ मा कोरोना पुष्टि, १ हजार ६७८ जना संक्रमणमुक्त

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ६१० परीक्षणबाट ९९५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार ३०८ परीक्षणमा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३९ हजार ३६८ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ६७९ पुगेको छ ।

प्रकाशित : श्रावण ८, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?