कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा १ हजार ८५५ मा कोरोना पुष्टि, १ हजार २८८ जना संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२२ पीसीआर परीक्षणमा बिहीबार थप १ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा १ हजार ८५५ मा कोरोना पुष्टि, १ हजार २८८ जना संक्रमणमुक्त

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७०७ परीक्षणबाट ८५९ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ८२९ परीक्षणमा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार २८८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ६६१ पुगेको छ ।

प्रकाशित : श्रावण ७, २०७८ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?