३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

काठमाडौंमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सनको खोप दिइने 

काठमाडौँ — सरकारले बुधबारदेखि १८ वर्षमाथि उमेरसमूहका लागि पनि जोन्सन एन्ड जोन्सनको खोप दिने भएको छ । 

काठमाडौंमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सनको खोप दिइने 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले १८ वर्ष उमेर समूहका माथिका लागि खोप दिने निर्णय भएको जानकारी दिए । 'खोप उघ्रिएकाले १८ वर्ष माथिकालाई लगाउने निर्णय भएको छ, ' प्रजिअ पराजुलीले कान्तिपुरलाई भने ।

जोन्सन खोप एक मात्रा मात्र लगाइन्छ । यसअघि यो खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई दिइएको थियो । साथै, पूर्ण र अति अशक्त अपाङ नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघिका छुटेका फ्रन्टलाइनरहरुलाई पनि यो खोप लगाइएको थियो ।

प्रकाशित : श्रावण ६, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?