काठमाडौंमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सनको खोप दिइने 

श्रावण ६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले बुधबारदेखि १८ वर्षमाथि उमेरसमूहका लागि पनि जोन्सन एन्ड जोन्सनको खोप दिने भएको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले १८ वर्ष उमेर समूहका माथिका लागि खोप दिने निर्णय भएको जानकारी दिए । 'खोप उघ्रिएकाले १८ वर्ष माथिकालाई लगाउने निर्णय भएको छ, ' प्रजिअ पराजुलीले कान्तिपुरलाई भने ।

जोन्सन खोप एक मात्रा मात्र लगाइन्छ । यसअघि यो खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई दिइएको थियो । साथै, पूर्ण र अति अशक्त अपाङ नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघिका छुटेका फ्रन्टलाइनरहरुलाई पनि यो खोप लगाइएको थियो । 

कोरोना खोप

कान्तिपुर

Link copied successfully