निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित : नेपाल

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन् । 

निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित : नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद् बैठकपछि नेपाली जनताको जित भएको बताएका हुन् । नेता नेपालसहित २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । यससँगै देउवाले १६५ मत पाएका छन् भने विपक्षमा ८३ र मत दिन हुँदैन भन्नेमा १ मत परेको छ ।

‘संसद्को यो निर्णयले पटक–पटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि भएको छ,’ नेता नेपालले भने, ‘यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो तर त्यो असफल भई निरंकुश प्रवृत्तिमा अंकुश लागेको छ ।’ साथै उनले जनता, लोकतन्त्र र संविधानको जित भएको बताएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्त विध्वंशकारी हर्कत पतन भएको बताएका छन् । संसद् बैठकपछि सञ्चारकर्मीसँग बोल्दै डा. भट्टराईले ओलीको हर्कतले उनको पतन हुनु स्वभाविक भएको बताए । ‘ओली सरकारको पतनपछि हामीले शेरबहादुर देउवाजीको नेतृत्वमा सरकारमा गएका हौँ,’ डा. भट्टराईले भने, ‘यो एक प्रकारको ०६५,६६ पछि कांग्रेस, माओवादी र मधेसी दलको टुटेको सहकार्य फेरि जोडिएको छ ।’

यो सरकार निर्माण हुनु अहिलेको आवश्यक्ता रहेको समेत उनको भनाइ थियो ।

प्रकाशित : श्रावण ४, २०७८ ०६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?