कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सरकारमा पठाउने नेता चयन गर्न माओवादी केन्द्रको बैठक

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने नयाँ सरकारमा कसलाई पठाउने भन्नेबारेमा निणर्य गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ ।

सरकारमा पठाउने नेता चयन गर्न माओवादी केन्द्रको बैठक

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरदेखि बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् । सरकार गठन र सरकारमा सहभागी हुने नेता चयन गर्नका लागि स्थायी कमिटी बैठक बोलाइएको उनले बताए ।

कांग्रेस सभापति देउवाले आजै राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको पदको शपथ लिँदैछन् । आजै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र समूहबाट सानो मन्त्रिपरिषद् बनाउने तयारी रहेको छ ।

संविधानको दायरा नाघेर राष्ट्रपतिबाट स्वेच्छाचारी निर्णय भएको ठहर गर्दै सर्वोच्च अदालतले सोमबार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। संविधान र अघिल्लो फैसलाको समेत प्रतिकूल भएको भन्दै सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय पनि बदर गरेको छ ।

मंगलबार अपराह्नसम्म देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न र आगामी साउन ३ भित्र प्रतिनिधिसभा अधिवेशन डाक्न पनि आदेश जारी भएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : असार २९, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?