कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा २ हजार १४१ जना संक्रमणमुक्त, थप १ हजार ७६८ मा कोरोना पुष्टि

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ७ हजार ७११ पीसीआर परीक्षणमा १ हजार ७६८ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा २ हजार १४१ जना संक्रमणमुक्त, थप १ हजार ७६८ मा कोरोना पुष्टि

यसैगरी, ४ हजार ७७३ एन्टिजेन परीक्षणमा ८३९ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १५ हजार ९८४ पुगेको छ ।

यस्तै, २४ घण्टामा २ हजार १४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ ।

प्रकाशित : असार ३, २०७८ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?