कर्णाली सरकारले ल्यायो ३६ अर्बको बजेट [पूर्ण पाठसहित]- समाचार - कान्तिपुर समाचार

कर्णाली सरकारले ल्यायो ३६ अर्बको बजेट [पूर्ण पाठसहित]

कान्तिपुर संवाददाता

सुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेट ल्याएको छ ।

मंगलबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले चालू आर्थिक वर्षको तुलनामा करिब ३ अर्ब बढीको बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजित बजेटमध्ये २१ अर्ब ६५ करोड ३९ लाख पुँजीगत, ११ अर्ब ४९ करोड २७ लाख चालू र ३ अर्ब ३९ करोड ९९ लाख वित्तीय हस्तान्तरणतर्फ रहेको छ ।

मन्त्री शर्माले आगामी आर्थिक वर्षको लागि कोभिड–१९ लगायत महामारीबाट कर्णालीलाई सुरक्षित राख्न अत्यावश्यक औषधी, स्वास्थ्य सामग्री एवं उपकरणको उपलव्धता, अत्यावश्यक खाद्यान्नको भण्डारण, खाद्य सुरक्षा, रोजगारी सिर्जनालाई बजेटको प्राथमिकतामा राखेका छन् ।

बजेटको पूर्णपाठ:


प्रकाशित : असार १, २०७८ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिमको बजेट ३० अर्ब ३३ करोड [पूर्ण पाठसहित]

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह बजेट प्रस्तुत गर्न प्रदेशसभामा प्रवेश गर्दै । तस्बिरः अर्जुन शाह/कान्तिपुर

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै कूल बजेटमध्ये पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार (५८ दशमलव २ प्रतिशत) र चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार (३५ दशमलव १ प्रतिशत) विनियोजन गरेका छन् ।

बजेटले स्वास्थ्य, पूर्वाधार विकास र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख छ ।

बजेटको पूर्ण पाठ :

प्रकाशित : असार १, २०७८ १८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×