थप १ हजार ६८१ मा कोरोना पुष्टि, २४ घण्टामा ४ हजार १८७ जना संक्रमणमुक्त

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको ७ हजार ४४९ पीसीआर परीक्षणमा १ हजार ६८१ जनामा कोरोना पुष्टि भएको हो ।

थप १ हजार ६८१ मा कोरोना पुष्टि, २४ घण्टामा ४ हजार १८७ जना संक्रमणमुक्त

यसैगरी, ५ हजार ८४१ एन्टिजेन परीक्षणमा १ हजार ६४ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १२ हजार २०२ पुगेको छ ।

यस्तै, २४ घण्टामा ४ हजार १८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ ।

प्रकाशित : असार १, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?