कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ वटा सरकारी अस्पताललाई ५० वटा भेन्टिलेटर सहयोग

अमेरिका नेपाल मेडिकल फाउन्डेसन र राष्ट्रिय आविष्कार केन्द्रको आग्रहमा भेन्टिलेटर कम्पनीले ६ करोड बराबरको सहयोग गरेको हो ।

काठमाडौँ — अमेरिकाको ग्रयाडिएन हेल्थ सिस्टमले कोरोना संक्रमितको उपचार हुने ९ वटा सरकारी अस्पताललाई ५० वटा भेन्टिलेटर सहयोग गरेको छ ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसन र राष्ट्रिय आविष्कार केन्द्र मार्फत यी सहयोग प्रदान गरेको हो । दुवै संस्थाका पदाधिकारीले सोमबार ५० थान भेन्टिलेटर स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ र मन्त्रालयका प्रमुख विशेष डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

ग्रयाडियनले निर्माण गरेको भेन्टिलेटर स्वास्थ्य मन्त्रालयमार्फत वीर अस्पताललाई १० थान, बीपी कोइराला विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, टिकापुर अस्पताल, मेची अस्पताल, त्रिसुली अस्पताल, पोखरा विज्ञान प्रतिष्ठान र वीरगञ्जको नारायणी क्षेत्रीय अस्पताल पनि ५/५ थान प्रदान गरिएको छ ।

सहयोग उपलब्ध गराएको भेन्टिलेटको मर्मत राष्ट्रिय आविष्कार केन्द्रले गर्नेछ भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई यसको उपयोगका बारेमा फाउन्डेसनले तालिम प्रदान गर्नेछ । भेन्टिलेटर, आवश्यक प्राविधिक तालिम र निरन्तर प्राविधिक सहयोग गर्ने सम्झौता समेत गरिएको छ ।

गम्भिर खालका कोरोना संक्रमितको भेन्टिलेर अभावमा ज्यान गएकोले उपचारलाई प्रभावकारी बनाउन देशभरका ९ वटा सरकारी अस्पतालहरुलाई वितरण गरिएको फाउन्डेसनका अध्यक्ष भुपेन्द्र बस्नेतले बताए । सहयोग गरिएको ६ करोड बराबरको रहेको उनले बताए ।

फाउण्डेसनले कोसी अस्पतालमा अक्सिजन प्लान्ट जोड्दैछ । यो बाहेक सरकारलाई थप २ वटा अक्सिजन प्लान्ट पनि दिँदैछ । यसअघि ५० कन्सन्ट्रेटर पनि दिइसकेको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?