१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

थप २ हजार ८७४ मा कोरोना पुष्टि, २४ घण्टामा ५ हजार २९३ जना संक्रमणमुक्त

काठमाडौँ — २४ घण्टामा देशभर २ हजार ८७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बिहीबार गरिएको ९ हजार ९०१ पीसीआर परीक्षणमा २ हजार ८७४ जनामा कोरोना पुष्टि भएको हो ।

थप २ हजार ८७४ मा कोरोना पुष्टि, २४ घण्टामा ५ हजार २९३ जना संक्रमणमुक्त

यसैगरी, ५ हजार ३३७ एन्टिजेन परीक्षणमा ८७५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ६ लाख १ हजार ६८७ पुगेको छ ।


यस्तै, २४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?