१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा विपक्षी सांसद अनुपस्थित

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम विपक्षी गठबन्धनले सांकेतिक रुपमा बहिस्कार गरेका छन् । 

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा विपक्षी सांसद अनुपस्थित

प्रदेश सभाको बैठकमा अहिले प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । प्रदेशमा नेकपा एमालेको बहुमत नरहेको जानकारी गराउँदा पनि शंकर पोखरेललाई संविधानको धारा १६८ को उपदफा १ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेपछि असन्तुष्ट बनेका विपक्षी गठबन्धनले त्यसको विरोध गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा अनुपस्थित भएका हुन् ।

जारी प्रदेश सभा बैठकमा सत्ता पक्षका अधिकांश प्रदेश सभा सदस्य उपस्थित भएपनि विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका प्रमुख सचेतक मात्र उपस्थित छन् ।

विपक्षी गठबन्धनका प्रदेश सभा सदस्य प्रदेश सभा परिषसरमा उपस्थित भएपनि बैठक कक्षमा प्रवेश गरेका छैनन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य सम्बन्धित दलका संसदीय कार्यालयमै बसेर नीति तथा कार्यक्रमको जानकारी लिने र प्रमुख सचेतक मात्र बैठक कक्षमा उपस्थित हुने निर्णय भएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए । सरकारका तर्फबाट मुख्यमन्त्रीसहित मन्त्रीहरु उपस्थित छन् ।

प्रकाशित : जेष्ठ २५, २०७८ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?