काठमाडौँ — नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ । सेनाले विभिन्न समयमा व्यवस्थापन गरेको कोराना मृतकहरूको शवसहित मंगलबार १०८ कोरोना मृतक थपिएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा देशभर ३ हजार ८७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा मंगलबार गरिएको १२ हजार ६५ पीसीआर परीक्षणमा ३ हजार ८७० जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी, ५ हजार ६११ एन्टिजेन परीक्षणमा १ हजार २८३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ५ लाख ९५ हजार ३६४ पुगेको छ ।
यस्तै, २४ घण्टामा ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ । क्वारेन्टाइनमा ७४७ जना रहेका छन् ।
