मकवानपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा

जेष्ठ १९, २०७८

सुवास विडारी

(मकवानपुर) — केही खुकुलो बनाउँदै मकवानपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जिल्लामा जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

केन्द्रको बैठकले अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्न लगायतका पसलहरु बिहान ८ बजेसम्म संचालन गर्न दिने निर्णय समेत गरेको छ ।

बैठकले बैंकहरुको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको ३ दिन आइतबार, मंगलबार र विहीबार विहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिने र अन्य वित्तीय संघ संस्था तथा सहकारीहरु पूर्ण रुपमा बन्द गर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।


कोरोना भाइरस

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully