कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चितवनमा निषेधाज्ञा जेठ २७ सम्म

रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरसको संक्रमण तिव्र भएसँगै चितवन जिल्लामा लागेको निषेधाज्ञा जेठ २७ सम्म कायम रहने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बुधबार जारी गरेको आदेशमा जिल्लामा कोभिड–१९ को संक्रमण हालसम्म पनि उच्च जोखिममा रहेको हुँदा जेठ २७ गते बिहीबार मध्यरातसम्मका लागि चितवनभर निषेधाज्ञा कायम रहने उल्लेख छ ।

चितवनमा निषेधाज्ञा जेठ २७ सम्म

कोरोनाको दोस्रो लहरमा संक्रमण तिब्र भएसँगै चितवनमा सुरुमा बैशाख १६ गते मध्यरातदेखि बैशाख ३१ गते मध्येरातसम्म निषेधाज्ञा जारी भएको थियो । त्यसपछि निषेधज्ञाको अवधि थप हुँदै आएको छ । यसअघि उल्लेख भएका सवै आदेशहरु यो पटक पनि कायमै छन् । भिडभाड हुने सवै खाले गतिविधिमा रोक लागेको छ । अत्यावश्यक सेवा लिने दिने व्यक्तिले सुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको सूचनामा उल्लेख छ ।

निषेधाज्ञा लागेको महिना दिन पार हुँदा चितवनमा संक्रमण केही कम हुँदै गएको देखिएको छ । चितवन स्वास्थ्य कार्यालयले बुधबार दिउँसो गराएको जानकारी अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या चार हजार ६०५ रहेको छ । जेठ १४ मा चार हजार ९३५ पुगेको थियो । त्यसयता थोरै भए पनि सक्रिय संक्रमित कम हुन थालेका छन् । चितवनका संक्रमितमध्ये हालसम्म २२१ जनाको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७८ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×