कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफ्रिकी मुलुकका एनआरएन शाखाबाट ११ जिल्लाका २६ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ — अफ्रिकाका विभिन्न देशमा रहेका एनआरएनएनका शाखाहरुले ११ जिल्लाका २६ अस्पताल र स्वास्थ्य केन्द्रमा सहयोग गरेका छन् ।

अफ्रिकी मुलुकका एनआरएन शाखाबाट ११ जिल्लाका २६ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

१२५ अक्सिजन सिलिन्डर खरिद र १०२५ रिफिल अक्सिजन सिलिन्डर गरि ११५०थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री अस्पताल र स्वास्थ्य चौकीहरुलाई हस्तान्तरण गरेका हुन् ।

प्रत्यक्ष रुपमा बिरामीलाई सोझै पुगि सकेको एनआरएनएको यो पहिलो सहयोग हो । संघले इलाम, बाराको सिमरा, चितवनको रत्ननगर, पूर्वी नवलपरासीको रजहर, पश्चिम नवलपरासीको परासी, चौपत्ता र चिसापानी, पाल्पाका तानसेन लगायत १० पालिकाहरु, स्याङ्जाको वालिङ र गुल्मीका जोहाङ्ग र भर्से अस्पताल र स्वास्थ्य चौकीमा अक्सिजन ग्यास सहितका सिलिन्डरहरु हस्तान्तरण गरिसकेको छ ।

त्यसैगरी कैलालीको टीकापुर अस्पताल, अछामको बयलपाटा र मंगलसेन अस्पतालमा ग्यास सिलिन्डर र कैलालीको जानकी गाउँ पालिकामा स्वास्थ्य सामाग्री पुर्याएको संघका अफ्रिका संयोजक रोशन थापाले जानकारी दिए ।

बुधबार मात्रै संघले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।

यो अभियानमा सेसेल्स अध्यक्ष रामप्रसाद पन्तले चितवन, कंगो अध्यक्ष अमृत क्षेत्रीले लुम्बिनी प्रदेश, बोत्स्वाना अध्यक्ष पदम भन्डारीले गुल्मी, मोजाम्बिक अध्यक्ष देवी पौडेलले पूर्वी नवलपरासी, युगान्डा अध्यक्ष विनोद थापाले बारा पर्सा , आइभोरीकोष्ट अध्यक्ष कृष्ण डुम्रेले स्याङ्जा र अफ्रिका संयोजक रोशन थापाले इलामको संयोजन र कर्णाली र सुदूरपश्चिम प्रदेसको संयोजन अफ्रिका महिला संयोजक मन थापाले गरिन् ।

प्रकाशित : जेष्ठ १९, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?