उदयपुर — कोरोना संक्रमणका कारण जिल्लामा दाजुभाइको मृत्यु भएको छ । रौतामाई गाउँपालिका – ७ मुर्कुचीमा ४ दिनको फरकमा दाजुभाइको मृत्यु भएको हो ।
५० वर्षीय पुस्कल मर्स्याङ्गीमगर र उनका ४५ वर्षीय भाइ तुलबहादुरको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि पुस्कललाई विराटनगरस्थित नोबेल अस्पताल र तुलबहादुरलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा जेष्ठ १५ गते राति तुलबहादुरको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।
जेठ १८ गते पुस्कलको नोबेल अस्पतालमा मृत्यु भएको सुवेदीले बताए । उनको आईसीयूमा राखिएर उपचार भइरहेको थियो ।
