एस्ट्राजेनेकाको खोप उपलब्ध गराउन बेलायती राजदूतसँग प्रधानमन्त्रीको अनुरोध

जेष्ठ ६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतलाई एस्ट्राजेनेका-अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका छन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटका लागि आएकी बेलायती राजदूत निकोला पोलिटलाई प्रधानमन्त्रीले खोप उपलब्ध गराउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्ध, कोरोना भाइरसविरुद्धको लडाइँमा परस्पर सहयोगको आदानप्रदानबारेमा पनि छलफल भंएको थियो ।

त्यस्तै प्रधानमन्त्रीले सहयोगका लागि बेलायत सरकारलाई धन्यवाद पनि दिएका छन् ।  

कान्तिपुर

Link copied successfully