कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

रासस

काठमाडौँ — कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ ।

कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो ।

उनी केही दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचाररत थिए । दुई साताअघि जिल्ला अदालतमा गरिएको परीक्षणमा न्यायाधीश श्रेष्ठको रिपोर्ट पोजिटिभ आएको थियो । श्रेष्ठलाई शुरुमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

मृतक श्रेष्ठको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । यसअघि कोरोनाका कारण न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निरालाको पनि निधन भएको थियो ।

प्रकाशित : वैशाख ३०, २०७८ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?