कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सभाका पाण्डेले दिए राजीनामा, २ सांसद विपक्षी गठबन्धनमा

बुटवल — लुम्बिनी प्रदेश सभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका छन् । सत्तारुढ एमालेबाट निर्वाचित उनले प्रदेश सभा सभामुख पूर्णबहादुर घर्तीसमक्ष राजीनामा दिएका हुन् । 

एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सभाका पाण्डेले दिए राजीनामा, २ सांसद विपक्षी गठबन्धनमा

सभामुख घर्तीका स्वकीय सचिव ध्रुवविक्रम वलीका अनुसार पाण्डेले प्रदेशसभा सदस्य पदबाट आइतबार दिउँसो राजीनामा दिएका हुन् ।

एमालेको सूर्यचिह्न लिएर स्वतन्त्र तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित अजय शाही र धर्मलाल श्रीवास्त भने विपक्षी गठबन्धनमा लागेका छन् ।

शाही र श्रीवास्तवले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा लागेका छन् । दुवैले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

* स्वतन्त्र तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित अजय शाही र धर्मलाल श्रीवास्त विपक्षी गठबन्धनमा लागेको हुनुपर्नेमा राजीनामा दिएको भन्ने शब्दावली पर्न गएकोमा सच्याइएको छ ।- सम्पादक

प्रकाशित : वैशाख १९, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?