कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विमला वलीले माओवादीलाई साथ दिने भएपछि लुम्बिनीमा एमालेको एकल सरकार बन्ने सम्भावना न्यून

अमृता अनमोल

बुटवल — नेकपाबाट चुनाव लडेकी लुम्बिनी प्रदेश सांसद विमला कुमारी खत्रीले माओवादी केन्द्रलाई साथ दिने भएकी छन् । 

विमला वलीले माओवादीलाई साथ दिने भएपछि लुम्बिनीमा एमालेको एकल सरकार बन्ने सम्भावना न्यून

माओवादी केन्द्रका प्रदेश सभा सदस्य एवं पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बराल माओवादीमा प्रवेश गरेको र खत्री आफूसँगै रहेको बताए । ‘उहाँ नेकपाबाट चुनाव लडेकाले माओवादीमा बस्नुभयो,’ उनले भने, ‘अब उहासँगै सरकार बनाउने प्रक्रिया थाल्छौं ।’ यद्यपि खत्रीले यसबारे प्रतिक्रिया दिएकी छैनन् ।



खत्रीले माओवादीलाई समर्थन गरेसँगै एमालेको बहुमत गुमेको छ । एमाले ४१ बाट ४० मा खुम्चिएको छ । बहुमतमा एमालेको एकल सरकार बन्ने सम्भावना टरेको छ ।

पति उत्तरकुमार वलीको मृत्युपछि खत्रीले दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाकोतर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो थिएन । यद्यपि उनका पति वली एमालेबाट चुनाव लडेका थिए । यही कारण एमालेले आफ्ना ४१ सांसद रहेको बताएको थियो । उता कांग्रेस माओवादी गठबन्दनमा कांग्रेसका १९, माओवादी केन्द्रका १९, जसपाका २ र राजमोका एक सदस्य गरी ४१ सदस्य पुगेका छन् ।

यता एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले भने खत्री माओवादी-कांग्रेस समूहबाट अपहरणमा परेको आशंका लागेको बताए । ‘हामीले उहाँको खोजबिन गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : वैशाख १९, २०७८ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?