कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य

अमृता अनमोल

बुटवल — आइतबारदेखि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरुको आह्वानमा उक्त प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो ।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य

अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले आजै बैठक अन्त्यको आह्वान गरेका हुन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय र मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा दिउँसो १२ बजे नै विशेष अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको पत्रमा उल्लेख छ । प्रदेश प्रमुखले बैठक अन्त्य भएको जानकारी गराएकाले सूचना टाँस गरेर अधिवेशन अन्त्य भएको जानकारी दिएको सभामुख पूर्णबहादुर घर्तीले बताए ।

प्रदेश प्रमुखको पत्र आएपछि प्रदेश सभा सदस्यहरुले बोलाएको विशेष अधिवेशन मुख्यमन्त्रीको सिफारिसमा अन्त्य गर्ने प्रक्रिया नमिलेको भन्दै सभामुख पूर्णबहादुर घर्ती प्रदेश प्रमुखसँग छलफलका लागि गएका थिए । यद्यपि प्रदेश प्रमुखले त्यसलाई विषय नबनाउन आग्रह गरेपछि अधिवेशन अन्त्यको सूचना मध्यान्ह साढे १२ मा मात्रै टाँसिएको हो ।

प्रदेश प्रमुखबाट मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमालेले लुम्बिनी पुनः पोखरेलकै नेतृत्वमा संविधानको धारा ६८ उपधारा १ बमोजिम बहुमतको सरकार बनाउन जुटेको छ ।

प्रकाशित : वैशाख १९, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?