मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत 

वैशाख १९, २०७८

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । 

प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार बिहान प्राप्त राजीनामा स्वीकृत गरेका हुन् । साथै, संविधान बमोजिम अर्को सरकार नबन्दासम्म मौजुदा मन्त्रिपरिषद्लाई नै मन्त्रिपरिषद्को कार्यभार सम्हाल्न आग्रह गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलले बताए । 


संविधानको धारा १६८ को १ बमोजिम राजीनामा स्वीकृत गरेको पत्रमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्ः

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

एमाले

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully