मूर्ति स्थापनामा हजारौंको भीड

कोरोना संक्रमण रोक्न अत्यावश्यक कामबाहेक बाहिर नजान, २५ जनाभन्दा धेरै भेला नहुन र भौतिक दूरी कायम गर्न सरकारले निर्देशन दिएको छ । रामसीता मूर्ति स्थापना कार्यक्रममा यी कुरा ख्याल राखिएन । मञ्चमै ३० जनाभन्दा बढी थिए ।
रमेशकुमार पौडेल

चितवन — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान् राम जन्मेको’ दाबी गरेको चितवन माडीको अयोध्यापुरीमा बुधबार ‘भगवान्’ राम, सीता तथा लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको छ । मूर्ति राख्ने कार्यक्रममा हजारौं व्यक्ति सहभागी थिए । 

मूर्ति स्थापनामा हजारौंको भीड

कोरोना संक्रमण रोक्न अत्यावश्यक कामबाहेक बाहिर नजान, २५ जनाभन्दा धेरै भेला नहुन र भौतिक दूरी कायम गर्न सरकारले निर्देशन दिएको छ । रामसीता मूर्ति स्थापना कार्यक्रममा यी कुरा ख्याल राखिएन । मञ्चमै ३० जनाभन्दा बढी थिए । संघीय मन्त्री, मुख्यमन्त्री, प्रदेश प्रमुखहरू, संघीय र प्रदेश संसद्का सदस्य र सरकारी अधिकारीहरू मञ्चमा आसिन थिए । मास्क नलगाउनेको संख्या अधिक थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट मूर्ति लिएर टोली मंगलबार माडी हिँडेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले माडीमा राम जन्मेको प्रमाणित गराउन र अयोध्याधाम निर्माण गर्न सरकारले निरन्तर सहयोग गर्ने वचन दिएका थिए । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माडीको विकासमा रामधाम निर्माणले महत्त्वपूर्ण फड्को मार्ने बताए । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले अयोध्याधाम निर्माणले माडीको काँचुली फेर्ने अवसर भएको बताए । ‘सम्माननीय प्रधानमन्त्रीले हामीलाई यो अवसर दिनुभएको छ, माडीलाई मणि बनाउने उहाँको चाहना हो, त्यहीअनुसार लगानी गर्नुहोस्, हामी माडीवासी साथ दिन तयार छौं,’ उनले भने ।

अयोध्याबारे अनुसन्धान गरेका लोकमणि पौडेलले माडीमा राम जन्मेको हो भनेर विश्वास गर्न सकिने आधार धेरै रहेको दाबी गरे । ‘वाल्मीकि रामायणको अयोध्या काण्ड पढ्दा जंगल र पहाडले घेरिएको सुन्दर अयोध्या भन्ने छ, भारतले जहाँ अयोध्या भन्ने गरेको छ, त्यहाँ पहाड छैन । पश्चिम बहने नदी पनि त्यहाँ छैन । माडीमा यो सब छ । मसँग यस्ता १०८ वटा आधार छन्,’ पौडेलले भने ।

गत भानुजयन्तीका दिन प्रधानमन्त्री ओलीले रामको जन्म भारतमा नभएर नेपालमा भएको र वीरगन्जदेखि पश्चिम ठोरीतिर राम जन्मभूमि रहेको मन्तव्य दिएका थिए । उनको यो मन्तव्य विवादमा परे पनि अयोध्यापुरीमा रामधाम बनाउने योजना अगाडि बढेको थियो । रामधामको गुरुयोजना बन्दै गरेको हुँदा तत्कालका लागि मूर्तिहरू ल्याएर अस्थायी मन्दिरमा राखिएको छ ।

प्रकाशित : वैशाख ९, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?