बालुवाटारमा सर्वदलीय बैठक : को-को गए ? को-को गएनन् ?

वैशाख ४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा केही बेर अघिदेखि सुरु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक बालकृष्ण खाण सहभागी भएका छन् । बैठकमा जसपाबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला सहभागी छन् ।

त्यस्तै राप्रपाका तर्फका प्रकाशचन्द्र लोहनी सहभागी छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र नेमकिपाका तर्फबाट प्रेम सुवाल र सुनील प्रजापति सहभागी छन् । त्यस्तै बैठकमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका सल्लाहकारहरु उपस्थित छन् । 

नेकपा माओवादी केन्द्रले भने आफूहरुलाई सर्वदलीय बैठकबारे जानकारी नदिइएको बताएको छ । त्यस्तै जसपाका अध्यक्षहरु बाबुराम भट्टराई र उपेन्द्र यादव पनि बैठकमा सहभागी छैनन् । त्यस्तै नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि बैठकमा सहभागी भएका छैनन् । 

तस्बिरहरू : प्रधानमन्त्रीको निजी सचिवालय

कान्तिपुर

Link copied successfully